डिशहोम फाइबरनेटको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटीभी सित्तैमा

  २०७८ कार्तिक ५ गते १७:५०     विकासन्युज

काठमाडौं । डिशहोम फाइबरनेटले “काईदाको फाइबरनेटमा फाईदाको आईपीटीभी” योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कम्पनीले ४० एमबीपीएसको इन्टरनेट जडानमा आईपीटीभी सित्तैमा दिने भएको हो ।

यो योजना अन्तर्गत डिशहोम फाइबरनेटको ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले बार्षिक भुक्तानिमा आईपीटीभी सित्तैमा पाउनेछन् ।

डिशहोम फाइबरनेटको ४० एमबीपीएसको एक वर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटीभीको बार्षिक सब्सक्रिप्सनका साथै आवश्यक ड्रप वाइर, राउटर, सेटअप बक्स र जडान सेवा सबै निःशुल्क पाउनेछन् ।

साथै, डिशहोम फाइबरनेटले यसअघि नै १०० एमबीपीएसको इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.