मुक्तिनाथ विकास बैंकले पायो ‘ग्लोबल एसएमई अवार्ड २०२१’

  २०७८ कार्तिक ५ गते १६:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई अवार्ड २०२१’ प्राप्त गरेको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र जी२० ग्लोबल पार्टनरशीप फर फाइनान्सियल इन्क्यिुजन (जीपीएफआई) बाट बैंकले उक्त अवार्ड पाएको हो ।

बैंकले साना तथा लघुक्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेकोले उक्त संस्थाले बैंकलाई सम्मानित गरेको हो ।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पुर्याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई ‘एसएमई फाइनान्सियर अफ दी इएर(एशिया’ विधामा सम्मानित गरिएर्को हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको कम्पनीले जनाएको छ । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.