शनिबारदेखि डुवानमा परेको विराटनगर विमानस्थल सञ्चालमा आउने

  २०७८ कार्तिक ५ गते १६:२६     विकासन्युज

काठमाडौं । निरन्तर परेको वर्षाका कारण डुवानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालमा आउने भएको छ ।

विमानस्थल डुवानमा पर्दा उपकरणको अवस्थाका परीक्षण पश्चात विमानस्थल सञ्चालनको तयारी गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणले भोलीलेखि दिउसोको समयमा उडान गर्ने गरी विमानस्थल सञ्चालनको तयारी गरेको हो ।

उडान तालिका बिहानबाट साँझ ५ बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालिन उडान केही समयका लागि रोकिएको छ ।

प्राधिकरणले तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर (आखाँले हेरेर गर्ने उडान) उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडान समेत हुनेछ ।

अत्याधिक वर्षका कारण बुधबार बिहानैदेखि विमानस्थल जलमग्न भएपछि विमानस्थल बन्द गरिएको थियो । विराटनगर विमानस्थल बन्द भएपछि आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले विकल्पका रुपमा भद्रपुरमा उडान थप गरेका छन् ।

निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यतीले सूचना नै जारी गरी भद्रपुर विमानस्थलमा उडान थप गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.