यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

  २०७८ कार्तिक ५ गते १३:५४     विकासन्युज

काठमाडौं । आन्तरिक क्षेत्रको उडान गर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एनओसी) पाएको छ ।

बिहीबार नेपाल नागरिक उडड्यन प्राधिकरणले यतीलाई अन्तर्राष्ट्रिय उडान गर्ने गरी अनुमति दिएको हो । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले एनओसी पाएलगत्तै एटिआर ७२ सिरीजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्ड लगायत दक्षिण एसियाका विभिन्न मुलुकमा चार्टर उडान गर्ने तयारी भएको जानकारी दिए ।

उनले अन्तर्राष्ट्रिय चार्टर उडानको अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजना रहेको जानकारी दिए ।

कम्पनीसँग हाल एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाज छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमताका हुन् ।

यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै एओसी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.