कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

  २०७८ कार्तिक ५ गते ११:३८     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । सो मात्राको ऋणपत्रको लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

सो सम्बन्धि सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र बरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता गत असोज २० गते भएको हो ।

बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको “कृषिऋणपत्र” निष्काशन गरेको हो । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.