महिला लघुवित्तको लाभांश संशोधन, बढ्यो बोनस

  २०७८ कार्तिक ५ गते ११:१८     विकासन्युज

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गत आर्थिक वर्षको प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कार्त्तिक ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले कूल ५० प्रतिशत लाभांश नै हुने गरी बोनस र नगदमा हेरफेर गर्ने निर्णय गरेको हो । यससँगै संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४७.५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ४ लाख ७५ हजार रुपैयाँ नाघ्ने छ ।

यसअघि संस्थाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

One comment on "महिला लघुवित्तको लाभांश संशोधन, बढ्यो बोनस"

  • Bigya Bajracharya says:

    47.5% bonus paxi kati hunxa ek palta calculation garna ta rakama ma . 10 crore 4 lakh 75 hajar hunxa ta.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.