नेपालमा आईफोन १३ को प्रि–बुकिंग खुल्ला, मूल्य २ लाख ७५ हजारसम्म

  २०७८ कार्तिक ५ गते ११:००     विकासन्युज

काठमाडौं । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ ।

आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेसँगै नेपालमा २९ अक्टोबर २०२१ बाट विक्रि वितरण सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ ।

कम्पनीले आइफोन १३ देखि प्रोम्याक्स गरी विभिन्न ४ मोडल नेपालमा उलब्ध हुने जनाएको छ । जसअनुसार आइफोन १३ को मूल्य न्यूनतम १ लाख ३७ हजार रुपैयाँदेखि २ लाख ७४ हजार रुपैयाँसम्म तोकेको छ ।

यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् ।

जसमा ग्राहकले ३० हजारभन्दा माथिको नगदको साथमा विभिन्न अफरहरु सँगै एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ ।

वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ, जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।

यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ ।

कम्पनीले अक्टोबर २९ गतेबाट नेपाचलमा आइफोन १३ को बिक्रीवितरण सुरु गर्ने जनाएको छ । कम्पनीले सुरुवाती चरणमा सिमित मात्र मोबाइल हुने भन्दै प्रि बुकिङ गरेको आधारमा मोबाइल उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.