सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने

  २०७८ कार्तिक ४ गते १७:४४     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले रेष्टुरेन्ट क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ देबयानी इन्टरनेशनल (नेपाल)संग सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि को नायब महाप्रबन्धक(वित्त बिभाग) रितु राज शाह बीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकले केएफसी र पिजा हटमामा खाना र बेबरेज को खरिदमा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकले केएफसी र पिजा हटको उपत्यका भित्र र बाहिरको १७ वटा शाखाहरुबाट नै यस छुट लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.