राष्ट्रिय वाणिज्य बैंक सर्लाहीको बयलवासमा, शाखा संख्या २५५ पुग्यो

  २०७८ कार्तिक ४ गते १६:५३     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले २ नं. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको हो ।

यससँगै बैंकको शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.