मेरा पिकमा फसेका ५ आरोहीको उद्धार

  २०७८ कार्तिक ४ गते १६:४६     विकासन्युज

काठमाडौं । सोलुखुम्बु क्षेत्रको मेरा पिक (६४०० मिटर) मा फसेका ५ आरोहीको उद्धार गरिएको छ । निरन्तर परेका वर्षाका कारण मेरा पिक आरोहणमा गएका चार विदेशी र एक नेपाली आरोहीको बिहीबार आरोहण कम्पनीको पहलमा उद्धार गरिएको हो ।

नेपाल पर्वतारोहण संघ (एनएमए) बाट आरोहण लिएर मकालु एड्भेन्चर प्रालि मार्फत आरोहणका लागि गएका पाँचै जनाले उद्धार गरी ग्राण्डी अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

यस्तै मेरा पिक आरोहण गरी फर्कदै गर्दा हराएका शेर्पा इभेन्ट्स अर्गनाइजरका सदस्यहरुको पनि उद्धार गरी सुरक्षित रुपमा लुक्लामा ल्याइएको एमएमएले जनाएको छ । शेर्पा इभेन्टेस मार्फत आरोहणमा गएका छेतेन शेर्पा पछिल्लो ३ दिनदेखि सम्पर्कविहीन भएको जनाईएको छ ।

एमएमएले सम्बन्धीत आरोहण कम्पनीसँगको समन्वयमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, नेपाल प्रहरी र नेपाली सेनासँगको समन्वयमा खोजी कार्य जारी राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.