प्रुडेन्सियल इन्स्योरेन्समा श्रवणकुमार रावललाई कार्यवाहक सीईओको जिम्मा

  २०७८ कार्तिक ४ गते १६:४१     विकासन्युज

तस्विर: रावलको सामाजिक सञ्जालबाट

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाउने भएका छन् । कार्त्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले कार्त्तिक ७ गतेदेखि लागू हुने गरी रावललाई कार्यवाहक सीईओको जिम्मा दिएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले कार्त्तिक ३ गते राजिनामा दिएका थिए । उनको राजिनामालाई स्वीकृत गर्दै इन्स्योरेन्स सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओमा रावललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.