तीन महिनामै थपियो उद्योगमा १ खर्ब २२ अर्ब

  २०७८ कार्तिक ४ गते १६:१२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एक खर्ब २२ अर्ब बढीको उद्योग दर्ता भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार एक खर्ब २२ अर्ब १८ करोड बढीको स्वदेशी लगानीका उद्योग दर्ता भएका हुन ।

तथ्यांक अनुसार ३ महिनामा ८७ उद्योग दर्ता भएकामा सबैभन्दा धेरै लगानी उर्जामूलक क्षेत्रका १३ उद्योगमा ६६ अर्ब ६९ करोेड ९० लाख बढी लगानी रहेको छ । यस्तै कृषि तथा वन पैदावारमा आधारित ७ उद्योगमा एक अर्ब ३८ करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित २ उद्योगमा २० करोड र पूर्वाधारका एक उद्योगमा ४४ करोड लगानी भएको छ ।

यस्तैगरी, उत्पादनमूलक क्षेत्रका ३८ उद्योगमा २७ अर्ब ५७ करोड ५० लाख, सेवामूलक क्षेत्रका १५ उद्योगका लागि १७ अर्ब १३ करोड ३० लाख र पर्यटन क्षेत्रका ११ उद्योगका लागि ८ अर्ब ४७ करोड ८० लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएका हुन ।

यस्तै, ३ महिनामा १०७ विदेशी उद्योगमा २४ अर्ब बराबरको लगानी प्रतिवद्धता आएको छ । तथ्यांक अनुसार ४ वटा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा ६० करोड, एक वटा उर्जामूलक क्षेत्रका उद्योगमा १० करोड ६ लाख र ४ वटा सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा ३५ करोड लगानी प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक १७ विदेशी उद्योगमा ३ अर्ब १५ करोड, सेवामूलक क्षेत्रका ३० उद्योगमा १० अर्ब २६ करोड ५० लाख र पर्यटन क्षेत्रका ५१ उद्योगका लागि ९ अर्ब ५६ करोड दश लाख बराबरको लगानी प्रतिवद्धता आएको छ ।

यस्तै, ३ महिनाको अवधिमा विभागमा ९ सय १० वटा ट्रेडमार्क र ५ वटा डिजाइन दर्ता भएका छन् । यस्तै, तीन महिनाको अवधिमा ट्रेडमार्क सम्बन्धी ५४ वटा मुद्धा दर्ता भएका छन् ।

विभागले बढी प्रदूषण हुने ३ वटा उद्योगमा बातावरण व्यवस्थापन प्रणाली (इएमएस) लागु गरि आईएसओको तयारी अवस्थामा पु¥याउने कार्यक्रम कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐन बमोजिम पपरामर्शदाता छनौट भइ खरिद सम्झौता भइसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.