हिरो मोटोकर्पले सार्वजनिक गर्यो ‘माएस्ट्रो एज ११०’, मूल्य दुई लाख माथि

  २०७८ कार्तिक ४ गते १४:१२     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्पले नयाँ ‘माएस्ट्रो एज ११०’ सार्वजनिक गरेको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाली ग्राहकलाई नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिवद्धता बमोजिम उक्त नयाँ मोडल सार्वजनिक गरेको हो ।

‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकका लागि उपयुक्त डिजाइन छ । यस स्कुटरले युवालाई ध्यानमा राख्दै सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको कम्पनीकाे दावी छ ।

नयाँ माएस्ट्रो एज ११० मा युवा वर्गकै पहिलो फर्ष्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्री स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न-बाइ-टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा माएस्ट्रो एज वभिन्न दुई कलर म्याट रातो र नीलोमा २ लाख १५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

‘ग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालमा हामी ग्राहकलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरु उपलब्ध गराउन प्रतिवद्ध छौं । नयाँ माएस्ट्रो एज ११० ले युवाहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ । हामी नेपालमा अझ बढी रोमान्चक उत्पादनहरु भित्र्याई रहनेछौं र यहाँका ग्राहकलाई हिरो मोटोकर्पको विश्वस्तरीय उत्पादन तथा सेवाहरु उपलब्ध गराइ रहने छौं,’ हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने ।

आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्दछ भने ग्राहकको लागि बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । यो स्कुटरमा सिल्कर डिजाइन र वर्गमा पहिलो पटक शक्तिशाली एलईडस् हेड लाइट रहेको कम्पनीले जनाएको छ ।

यो स्कुटर बीएस४ अनुरुपको ११० सीसी इन्जिनद्धारा सञ्चालित छ, जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली उर्जा प्रदान गर्छ, जुन अधिकतम ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम छ । नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) छ । यो कम्पनीले ७५ डिलर, ८७ सर्भिस सेन्टर, ९० स्पेयर पार्ट आउटलेटहरु सहित देशभरका ९० वटा बिक्री केन्द्र मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.