राष्ट्र बैंकको हस्तक्षेपपछि अधिकांश बैंकको व्याजदर ९.३६ प्रतिशत, कुनको कति ?

  २०७८ कार्तिक ४ गते १०:३६     विकासन्युज

काठमाडौं । खुल्ला बजार अवधारणा विपरित नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदरमा हस्तक्षेप गरेपछि अधिकांश बैंकको व्याजदर समान भएको छ ।

राष्ट्र बैंकले गत मंगलवार राति बैंक तथा वित्तीय संस्थाहरुलाई ३ बुँदे निर्देशन जारी गर्दै निक्षेपको व्याजदर गत असोज महिनाको प्रकाशित दरमा १० प्रतिशत तल वा माथि गर्न मात्रै पाइने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कात्तिक महिनाको लागि प्रकाशन गरेको व्याजदर खारेज गरी नयाँ दर प्रकाशन गर्न पनि निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको यस्तो निर्देशनपछि अधिकांश बैंकले मुद्दति निक्षेपमा अधिकतम ९.३६ प्रतिशत दिने सुचना प्रकाशित गरेका छन् । राष्ट्र बैंकले निक्षेपको व्याजदर १० प्रतिशतकै हाराहारीमा राख्नु उपयुक्त हुने चाहना व्यक्त गरेपछि बैंकहरुले पनि समान अंकको व्याजदर प्रकाशन गरेका हुन् ।

बैंकहरुले वेबसाइट मार्फत प्रकाशन गरेको नयाँ व्याजदर अनुसार सिद्धार्थ, प्राइम, एनएमबी, एनआईसी एसिया, नेपाल बंगलादेश, कुमारी, हिमालयन, ग्लोबल आईएमई, मेगा, नविल, एनसीसी, सिभिल, बैंक अफ काठमाडू र सेन्चुरी बैंकले मुद्दति निक्षेपमा समान ९.३६ प्रतिशत व्याज दिने सुचना प्रकाशित गरेका छन् । नेपाल इन्भेष्टमेन्ट र लक्ष्मी बैंकले भने ९.३५ प्रतिशत व्याज दिने सुचना आफ्नो वेबसाइटमा राखेका छन् ।

यस्तै, माछापुच्छ्रे बैंकले ९.१२ प्रतिशत, सानिमा बैंकले ९.०६ प्रतिशत, कृषि विकास बैंकले ८.८५ प्रतिशत, नेपाल एसबीआई बैंकले ८.८ प्रतिशत, सिटिजन्स बैंकले ८.८ प्रतिशत, प्रभु बैंकले ८.५७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.३६ प्रतिशत, नेपाल बैंकले ८.३६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ७.५ प्रतिशत व्याज दिने भनेको छ ।

बैंकहरुले प्रकासित गरेको सुचना अनुसार सनराईज बैंकले ९.०६ प्रतिशत र एभरेष्ट बैंकले ८ प्रतिशत व्याज दिने जानकारी गराएको छ । बैंकहरुले प्रकाशित गरेको यस्तो व्याजदर एक वर्षे मुद्दति निक्षेपका लागि अधिकतम व्याजदर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.