जावा मोटरसाइकल अब विरगन्जमा, जावा पेराक मोडल टेस्टराइड खुला

  २०७८ कार्तिक २ गते ११:५६     विकासन्युज

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले विरगन्जको प्रतिमा चोकमा नयाँ डिलर एसआर मोटोकर्प मार्फत मोटरसाइकलको शोरूम खोलेको छ । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज र सुर्खेतपछि कम्पनीले विरगन्जमा पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

एसआर मोटोकर्पका प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठले जावा, जावा फोर्टी–टु र फ्याक्ट्री निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा प्रतिमा चोक, विरगन्ज र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’का सक्ने बताए ।

“हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो विरगन्ज र यस वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लागि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं’ उनले भने ।

जावा एक प्रमाणित र प्रतिष्ठित ब्रान्ड हो । नयाँ जावाको पौराणिक क्लासिक अझै फेसनेबल लुक र यसको बलियो निर्माण सुविधाहरुले युवा पुस्ताले यो वाइक मन पराउने गरेका छन् । जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । यसको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.