कनेक्ट आइपीएसबाट भुक्तानी ३१७ प्रतिशतले वृद्धि, दशैंमा मात्र सवा ९ अर्ब

  २०७८ कार्तिक १ गते १७:५५     विकासन्युज

काठमाडौं । विद्युतिय भुक्तानी प्रयोगको बृद्धिसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य बृद्धि भएको छ । घटस्थापना देखि एकादशी आश्विन ( आश्विन २१ देखि ३०सम्ममा उक्त प्रणाली मार्फत ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार गत वर्षको दशैंको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

दशैँको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतिसँग जोडिएकोले नगदको कारोबार चाँडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक वित्तिय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाँड पर्वमा समेत विद्युतिय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एक पल्ट लिन्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङ्ग मार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।

साथै चाँड पर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्टआइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.