सवारी दुर्घटनाबाट घाइते भएकाको सरकारले निः शुल्क उपचार गर्ने

  २०७८ असोज २७ गते १८:२५     विकासन्युज

काठमाडौं । सवारी दुर्घटनाबाट घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । बुधबार गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको निस्शुल्क उपचार गराउने भएको हो ।

‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको उन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.