दशैंमा घर फर्किनेलाई गाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड के छ ?

  २०७८ असोज २७ गते ९:४४     राजिव न्यौपाने

काठमाडौं । चाडपर्व नजिएसँगै कोरोना भाइरसको जोखिम पुनः बढ्ने देखिएको छ । दशैं तथा तिहारमा काठमाडौंबाट गाउँ फर्किनेहरुको संख्या बढेसँगै कोरोना भाइरसको जोखिम पनि पुनः बढ्ने देखिएको हो ।

अहिले दैनिक हजारौं मानिसहरू काठमाडौं छाडेर गाउँ फर्किरहेका रहेका छन् । बिना स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर एकै पटक धेरै मानिसहरु गाउँ फर्किदा कोरोनाको जोखिम बढी देखिएको हो ।

स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग विना काठमाडौंबाट गाउँ फर्किदा गाउँमा पनि कोरोना संक्रमण हुने डर देखिएको हो । अहिले पनि दैनिक हजारभन्दा बढी मानिस संक्रमित भइरहेका छन् । यस्तो अवस्थामा स्थानीय सरकार सक्रिय रहेर काम गर्नु पर्ने देखिन्छ । अहिले कतिपय स्थानीय तहले कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षा अवस्थालाई मजबुत बनाएको बताउँदै आएका छन् ।

स्थानीय सरकारले कोरोना रोकथाम गर्नका लागि विभिन्न मापदण्डहरुके पनि व्यवस्था गरेका छन् । स्थानीय तहहरुले कोरोनालाई ध्यानमा राखेर परीक्षण, कोभिड अस्पताल, आइसोलेसन सेन्टरदेखि राहतका प्याकेजमा समेत ध्यान दिएका छन् । अहिले काठमाडौंबाट गाउँफर्किनेहरुको संख्या बढेसँगै गाउँमा भएका मानिसहरुलाई संक्रमति हुनबाट बच्नका लागि धेरै स्थानीय तहहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था पनि गरेका छन् ।

ताप्लेजुङको सरीजङ्घा गाउँपालिकाका अध्यक्ष टिक राम गुरुङले कोरोनालाई मध्येनजर गर्दै सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आग्रह गरेको बताए ।

‘कोभिडको बारेमा सबैलाई थाह छ, यसबाट कसरी बच्च सकिन्छ भनेर धेरै भनि रहनु पर्दैन, आफ्नो सुरक्षा आफैले गगरौं, गाउँपालिकाबाट हुन सक्ने सहयोग पनि भइरहेको छ, कोरोनाको नियन्त्रणको लागि पालिका गम्भीर भएर लागेको छ,’ उनले भने ।

यस्तै, पालिकाको प्रत्येक वडाका अध्यक्ष तथा सुरक्षा कर्मीहरूलाई दशैंमा महामारी फैलिन सक्छ भनेर सक्रिय बनाएको थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य बताउँछन् ।

दशैंमा भिडभाड कम गर्ने/गराउने विषयमा राजनीतिक दल, तिनका भातृ संगठन र विभिन्न सामाजिक संघसंस्थाहरुले अहिलेदेखि नै सचेतना अभियानहरू सुरु गरेको पनि अध्यक्ष अध्यक्ष आचार्यले बताए ।

अध्यक्ष आचार्यको अनुसार पालिकामा प्रवेश गर्दा पनि परीक्षण गराएर आउने र फर्कदा पनि परीक्षण गराएर जाने अभियान चलाएको छ । दशैंमा आफ्नो घर अथवा पालिकामा प्रवेश गर्दे आफ्नो सुरक्षा आफै गर्न पनि सबै नागरिकलाई आग्रह आचार्यले गरे । लक्षण देखिएकालाई पालिकाले निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको पनि उनले बताए ।

हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेन पनि दशैंको समयमा कोभिड पुनः फैलिन सक्छ भनेर पालिको प्रत्येक वडामा जनचेतना जगाउने कामको सुरु गरेको बताउँछन् । दशैंको समयमा सम्पूर्ण बजारी क्षेत्रहरु बन्द गरी सुरक्षा व्यवस्थापनमा थप कडाई गरेको र चाडपर्व आयो भन्दैमा स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गर्न बिर्सनु नहुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.