जनकपुरमा हर्षबढाई गर्दै भित्र्याइयो फूलपाती (फोटोसहित)

  २०७८ असोज २६ गते १५:२४     विकासन्युज

जनकपुर । नवरात्रको सातौं दिन दशैं घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सत्य सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्री भनिन्छ । कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने पुराणोक्त कथन छ ।

जनकपुरका प्रसिद्ध शक्तिपीठहरुमा शुभसाईतमा फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजापाठ सम्पन्न भएपछि हर्षबढाई गर्दै फूलपाति भित्र्याइएको हो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले सलामी अपर्ण गरेका थिए ।

सो अवसरमा प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतो, जनकपुरका सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरुको सहभागिता थियो । जनकको कुलदेवीको रुपमा रहेको जनकपुरको राजदेवी लगायत शक्रिपीठहरु भव्य रुपमा सजाइएको छ । युवा क्लवहरुको सहभागितामा दशैंलाई भव्यता दिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.