महाप्रबन्धकलाई निगम प्रवेशमा रोक लगाउँदै सकियो चार महिना लामो आन्दोलन

  २०७८ असोज २६ गते ८:३५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीको १ सय ४ दिने आन्दोलन सकिएको छ । सोमबार नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको उपस्थितिमा भएको छलफलपछि कम्पनी मोडलमा लैजाने निगम व्यवस्थापनको प्रस्तावमा सहमति गरेर अगाडि बढ्ने समेत सम्झौता भएको हो ।

निगम व्यवस्थापनले बिना तयारी निगमलाई निजीकरण गर्न लागिएको भन्दै गत असार १७ गतेदेखि निगममा कार्यरत कर्मचारीहरु आन्दोलीत बनेका थिए । आन्दोलन स्वरुप कर्मचारीहरुले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

कर्मचारीहरुले महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै १५ दिनका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरिएको जनाएका छन् ।

सोमबार भएको दुईपक्षको सहमतिमा १५ दिनभित्र नयाँ खाकासहित कम्पनी मोडललाई अगाडि बढाउन समेत सहमति भएको छ । पर्यटनमन्त्री आलेले कांग्रेस, माओवादी र एमाले निकट कर्मचारीहरूलाई निगम सुधार्न सँगै अगाडि बढाउने गरी कात्तिक १० गतेभित्र थप आवश्यक निकासा निस्कने कर्मचारीहरुसँग सम्झौता गरेका हुन ।

अर्थमन्त्री जनार्दन शर्मादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले निगमलाई कम्पनी मोडलमा लाने विषयबाट पछाडि नहट्न भनेपछि कर्मचारीहरूको आन्दोलन तुहिने चरणमा पुगेको थियो । निगम व्यवस्थापनले तयार परेको प्रवन्धपत्र र नियमावलीमा भएका विषयलाई संशोधन गररेर अगाडि जान कर्मचारीहरू सहमत भएका हुन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले निगमलाई कम्पनी मोडलमा लैजाने विषयमा सहमति दिएका थिए । त्योसँगै निगम व्यवस्थापनले कम्पनी मोडलमा लैजाने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो । प्रस्ताव पठाएसँगै कर्मचारीले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

लामो समयदेखि कर्मचारीको आन्दोलनका कारण निगमका अतिआवश्यक कामहरु समेत रोकिएका छन् । महाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक लगाएसँगै निगम सञ्चालक समितिको बैठक बस्न नसक्दा कर्मचारीले तलब समेत खाप पाएका थिएनन् । महाप्रबन्धक पौडेलले विशेष अधिकार प्रयोग गरी मन्त्रालयबाटै कर्मचारीलाई तलव खुवाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.