प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य

  २०७८ असोज २५ गते १६:३२     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा राजेन्द्र शाक्य नियुक्त भएका छन् । असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शाक्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सञ्चालक शाक्य कर्मचारी सञ्चय कोषको पत्रानुसार कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् ।
यसअघि कर्मचारी सञ्चय कोषको तर्फबाट बिजय कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए । उनी संस्थापक सेयरधनी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.