दशैं अघिको सेयर बजारः परिसूचक र कारोबार दुबै घट्दा नबिलको सर्वाधिक किनबेच

  २०७८ असोज २५ गते १६:१४     विकासन्युज

काठमाडौं । दशैंअघि अर्थात सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले ओरालो लागेर २६३९.३८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८७ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबार ३ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८६ करोड रुपैयाँले घटी हो ।

सोमबार कूल २१९ वटा स्क्रिप्टको ९३ लाख १४ हजार ७८० कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १७ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य २४ रुपैयाँले घटेर प्रतिकित्ता १४५० रुपैयाँमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य ८.७६ प्रतिशतले घटेर प्रतिकित्ता ५७६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ५५.३० रुपैयाँले घटी हो ।

सोमबार सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम १ को इकाई मूल्य बढेको छ । स्किमले लाभांश घोषणा गरेसँगै इकाई मूल्य ९.९० प्रतिशतले बढेर प्रतिइकाई २१.६५ रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत प्रतिफल बाढ्ने

त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.८८ प्रतिशतले बढेर प्रतिकित्ता ५५३.४० रुपैयाँ पुगेको छ ।

बजारमा इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । इन्भेष्टमेन्ट र म्युचुअल फण्ड समूह भने क्रमशः १.०७ र ०.३८ प्रतिशतले उकालो लागेका छन् ।

यससँगै सेयर बजार अब आगामी आइतबार मात्रै खुल्ने छ । असोज २६ गतेदेखि फुलपाती लागेसँगै सेयर बजार पनि बन्द हुनेछ । र, एकैपटक दशैंको टिकाको तेश्रो दिन अर्थात असोज ३१ गते आइतबारदेखि मात्रै खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.