नेप्सेले तीन ब्रोकर कम्पनीलाई सोध्यो ७ दिने स्पष्टिकरण

  २०७८ असोज २५ गते १३:५४     विकासन्युज

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ३ वटा ब्रोकर कम्पनीलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले असोज २४ गते एक सूचना पेश गर्दै सुमेरु सेक्युरिटीज पब्लिक (३९ नं ब्रोकर), त्रिशक्ति सेक्युरिटीज पब्लिक (४८ नं ब्रोकर) र नासा सेक्युरिटीज कम्पनी( ५८ नं ब्रोकर) लाई स्पष्टिकरण सोधेको हो ।

नेप्सेले नियम विपरित काम गरेको भन्दै तीन वटै ब्रोकरलाई ७ दिने स्पष्टिकरण सोधेको हो ।

तीन ब्रोकरमध्ये सुमेरु सेक्युरिटजले ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको पाइएको नेप्सेले जनाएको छ । जुन धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ मा गर्न नहुने भनि उल्लेख छ । यससँगै नेप्सले यो बमोजिम किन कारवाह िनगर्ने भन्दै सो को जवाफ ७ दिन भित्र आईपुग्ने गरी स्पष्टिकरण मागेको हो ।

त्यस्तै, त्रिशक्ति सेक्युरिटीजमा पनि ग्राहकले स्वयंमले व्यक्तिगत पहिचान विवरण अनलाइन रजिष्ट्रेशन बाट नेप्सेमा प्रविष्टि गरेको र ब्रोकरको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको नेप्सेले जनाएकोे छ । यससँगै ब्रोकरले झुठा विवरण नेप्सेको प्रणाीमा प्रविष्टि गरी कसुर गरेको भन्दै सो त्रिशक्तिलाई ७ दिने स्पष्टिकरण सोधेको हो ।

५८ नं ब्रोकर नासा सेक्युरिटजबाट पनि ग्राहकको विवरण टीएमएसमा प्रविष्ट गर्ने क्रममा बाजेको नाम प्रविष्ट गर्नुपर्नेमा भुलबस ग्राहकको आमाको नाम तथा जन्ममिति प्रविष्ट भएको नेप्सेले जनाएको छ । ब्रोकरले उक्त त्रुटि थाहा हुने बित्तिकै सच्चाएको पत्र समेत नेप्सेलाई बुझाइसकेको छ । सो सम्बन्धी स्पष्टिकरण सोधे पश्चात पूर्व जानकारी नगराई सच्चाएको भन्दै नेप्सेले नासालाई पनि ७ दिने स्पष्टिकरण सोधेको हो ।

यससँगै यी तीनवटै ब्रोकरले अबको ७ कार्य दिनभित्रमा नेप्सेलाई जवाफसहितको स्पष्टिकरण पेश गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.