बाल्ट्राको कुनै पनि सामान किन्दा हरेक हप्ता सुनको सिठ्ठी जित्ने मौका

  २०७८ असोज २५ गते १३:३७     विकासन्युज

काठमाडौं । बाल्ट्राले चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा बडा उत्सव योजना ल्याएको छ । यस उपहार योजनामा सहभागी हुने ग्राहकहरु मध्ये हरेक हप्ता एकजना ग्राहकले लक्की ड्र मा २२ क्यारेटको ४ ग्रामको सुनको सिठ्ठी जित्नेछन् ।

यस अफरमा सहभागी हुन ग्राहकले बाल्ट्राको नेपालभर रहेको आधिकारीक विक्रेताबाट बाल्ट्राको कुनैपनि सामान खरिद गर्नुपर्ने हुन्छ । यस याेजनामा सहभागी हुनकाे लागि <Baltra><भ्याट/ प्यान बिल नंम्बार> टाइप गरी ३४००१ मा एसमएमएस गर्नुपर्ने हुन्छ ।

उपहार दावी गर्नेको लागि विजेताले खरिद गरेको भ्याट बिल ल्याउनुपर्ने र उपहारको कर आफै व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.