एनएमबिका ग्राहकले आइएमएस र हिम ईन्टरनेशनलको स्टोरमा १ हजार क्यासब्याक पाउने

  २०७८ असोज २५ गते १२:५५     विकासन्युज

काठमाडाैं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएकाे छ ।

यस अफर अन्तर्गत घटस्थापनादेखी आइएमएस र हिम ईन्टरनेशनलको स्टोरबाट २५ हजार सम्मकाे ईलेक्ट्रोनिक्स तथा विभिन्न सामानको खरिदमा एनएमबिका ग्राहकले १ हजार क्यासब्याक सुविधा पाउनेछन् ।

यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएकाे छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.