ग्लोबल आईएमई बैंकले घोषणा गर्यो १३.५ प्रतिशत लाभांश

  २०७८ असोज २५ गते १०:२६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंक आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.