सेयर बजारः नेप्से १८ अंकले घट्यो, साढे ४ अर्बको कारोबार

  २०७८ असोज २४ गते १५:३१     विकासन्युज

काठमाडौं । आज पुँजी बजार मापक नेप्से परिसुचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा कायम भएको छ । कुल ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको बजारमा ४८ कम्पनीको सेयर मूल्य भने बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मैलुङ खोला जलविद्युत, जिवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य बढेर करिब सर्किट लेबलमा पुगेको छ । आज कुल ७२ लाख ५१ हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।

परिसुचक घटेको भएपनि ३ उपसमुहका सुचक भने बढेका छन् । यसरी बढ्नेहरुमा फाइनान्स समुह ६.७६ अंकले, जीवन बीमा समुह ७३.८६ अंकले र म्युचुअल फण्ड समुहको सुचक ०.११ अंकले बढेका हुन् ।

अन्य समुहका सुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह ६.३३ अंकले, ट्रेडिङ समुह १४.३७ अंकले, होटल तथा टुरिजम समुह ५८.४ अंकले, विकास बैंक समुह ५८.०२ अंकले, जलविद्युत समुह ३३.०५ अंकले, निर्जीवन बीमा समुह ५३.३१ अंकले र उत्पादनमुलक समुह २०५.९५ अंकले घटेका छन् । यस्तै, अन्य समुह २७.६५ अंकले र इन्भेष्टमेन्ट समुह ०.६१ अंकले घेटका नेप्सेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.