दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा १० प्रतिशत छुट पाइने

  २०७८ असोज २४ गते १४:४७     विकासन्युज

काठमाडाैं । दशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरिद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो ।

अस्पतालले अक्टोबर १०(आज)देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।

सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउनेछन् ।
नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ ।

नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.