मेगा बैंकले कर्पोरेट भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने

  २०७८ असोज २४ गते १४:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले कर्पोरेट भवन बनाउन एक अर्ब रुपैयाँ बढीको जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा एक अर्ब १६ करोड रुपैयाँ बराबरको जग्गा किन्न लागेको हो ।

असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले आफ्नै नाममा भवन किन्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.