राजमार्गकाे १० स्थानमा हुन्डाईकाे फ्रि चेकअप क्याम्प

  २०७८ असोज २४ गते १४:४०     विकासन्युज

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेनटलले राजमार्गमा हुन्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प सुरु गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सिरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेकअप क्याम्प पोइन्टको स्थापना गरेकाे छ ।

यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको नि:शुल्क परीक्षण गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क गरिदिने व्यवस्था पनि गरेको जानकारी दिएकाे छ ।

क्यम्प असोज २४ देखि २६ गतेसम्म बिहान १० बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.