आइतबार सुन एक सय रुपैयाँले बढ्यो

  २०७८ असोज २४ गते १२:४१     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० ले बढेर ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला एक हजार १७५ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.