सांग्रिला डेभलपमेन्ट बैंकको ९८ औं शाखा विराटनगरमा

  २०७८ असोज २४ गते १२:०२     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङ्गको विराटनगर महानगरपालिका-६ स्थित शनिमन्दिर चोकमा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।

विराटनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको जनाएकाे छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९८ पुगेको छ ।

आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट विराटनगरका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा लिने वातावरण बन्ने विश्वस्त रहेको बैंकले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.