वहस: नेपाली चलचित्रको बजार हल कि डिजिटल ?

  २०७८ असोज २३ गते ११:१२     विकासन्युज

काठमाडौ । नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको चलचित्रकर्मीहरुले बताएका छन् । कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा असोज २२ गते शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन् ।

अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै अफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डित ले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताए । चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल प्रविधि सम्बन्धिक जागरुकता कम रहेको र यसलाई क्रमश प्रविधिमैत्री बनाउन पर्ने निर्देशक पण्डितले बताए ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिजिटल प्रविधि विकासको एकदमै प्ररम्भिक चरणमा रहेकोले अहिले पनि हल चलचित्रको पहिलो बजार हो भने डिजिटल दोश्रो बजार भएको बताएको छन् । उनले ठुलो लगानी हुने भएको हुँदा आफुले योजनाबद्ध तरिकाबाट कार्य गर्दैै आएको र डिजिटल प्रविधिबाट नेपाली चलचित्रको बजार विस्तार हुने कुरामा विश्वास व्यक्त गरे ।

सोही कार्यक्रममा हल संचालक तथा निर्माता नरेन्द्र मर्हजनले हल र डिजिटल प्लेटफर्म दुवैलाई संगसंगै लैजानुपर्ने बताए । बजार जति बिस्तार भयो त्यतिनै निर्माता सुरक्षित हुने बताउदै अब चलचित्रसंगै हल र डिजिटल प्लेटर्फलाई प्रविधिमैत्री बनाउनु पर्नेमा उनले जोड दिए ।

त्यस्तै यही असोज २६ गतेबाट आफ्नो चलचित्र ‘डाँडाको बरपिपल’ हलमा रिलिज गर्न लागेका निर्देशक सोभित बस्नेतले हल संचालनमा आएकोले दर्शक आए नआए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफुले फिल्म प्रदर्शन गर्न तयार भएको बताए । कसै न कसैले त जोखिम मोल्नु नै थियो, म तयार भए भन्दै हलपछि मात्र म डिजिटल प्रविधिमा जान्छु भन्दै उनले पनि डिजिटलले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको बताए ।

हलको बिषयमा आज सम्म वहस नभएको र यस बिषयमा बहस गराएर नेपाल चलचित्र तथा साँस्कृति प्रतिष्ठान राम्रो शुरुवात गरेको बताउदै निर्देशक पण्डितले हलमा लक्जरी सिट, पर्दा भएपनि अब हल मनोबिज्ञान रुपमा पुरानो भएको बताउँदै तसर्थ अवको चलचित्र प्रदर्शन स्वतन्त्र हुनुपर्छ भन्दै उनले त्यो स्वतन्त्रता डिजिटल प्रविधिमा मात्र सम्भव भएको तर्क पेश गरे । तसर्थ अब वैकल्पिक प्लेटर्फमको अवधारण डिजिटल प्रविधिमा नै जोड दिइनुपर्ने पण्डितको भनाई छ । उनले निर्माता र फिल्मको स्तर अनुसार हल कि डिजिटल चयन हुनु पर्ने बताए ।

बहस कार्यक्रममा डिस होमका प्रबन्ध निर्देशक सुदीप पआचार्यले सर्वर मार्फत चलचित्रलाई बिषेश रुपमा डिजिटल प्रचार प्रसार गर्ने बिभिन्न प्रविधि ल्याएको बताए ।

निर्देशक पण्डितले डिजिटल प्रविधिमा चलचित्र प्रर्दशन गर्दा पारदर्शिताको प्रश्न उठाउँदा डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिस होम पारदर्शी भएको र सरकारलाई अहिलेसम्म आठ अर्ब कर तिरेको दाबी गरे ।

उनले अब कन्टेन्टलाई पनि दिर्घकालीन रुपमा सोचेर चलचित्र निमार्ण गर्नु पर्ने बताए । विश्वव्यापीरुमा रहेका नेपाली दर्शकहरुले डिजिटल प्रविधिबाट नेपाली चलचित्र हेर्न थालेको अवस्थामा यसको बजार धेरै बिस्तार हुनेमा उनि विश्वस्त देखिए । त्यो सम्भावना देखेर नै आफुहरुले यस क्षेत्रमा कार्य गरिरहेको त्यसको परिणाम चाँडै आउने उनले बताए ।

कार्यक्रममा चलचित्र निर्देशक सोभित बस्नेतले नेपाली चलचित्र रिलिज हुने भनेकोले हलमा चलचित्र रिलिज गर्नुपर्ने बताए । उनले हल चलयमान बनाउनु पर्नेमा जोड दिए । पहिलो प्राथमिकतामा हल र दास्रो डिजिटल प्लेटर्फमको पक्षमा आफू रहेको बताउँदै हलबाट पैसा उठ्ने तर डिजिटल प्लेटर्फमबाट मात्र लगानी उठाउन कठिन हुने उनको भनाई छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान द्धारा आयोजना गरिएको बहस कार्यक्रमा नेपाली चलचित्रलाई अव डिजिटल प्रबिधिबाट अगाडी बढाइनु पर्नेमा जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.