बेहाल औद्योगिक तथा वाणिज्य क्षेत्रलाई ६ महिने म्यादी मन्त्री

  २०७८ असोज २२ गते १७:१५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि पूर्णता दिएको सरकारमा औद्योगिक क्षेत्रको विकासका लागि म्यादी मन्त्री दिएको छ । देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्रबहादुर हमाल अहिलेकै अवस्थामा बढीमा ६ महिना मात्रै बन्न पाउने छन् ।

नेपालको संविधानमा संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सदस्य नरहेको व्यक्ति संघीय सरकारको बढीमा ६ महिना मात्रै मन्त्री बन्न पाउने व्यवस्था छ । देउवा नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हमाल सांसद नरहेका कारण संविधान अनुसार उनी बढीमा ६ महिना मात्रै मन्त्री बन्न योग्य हुनेछन् ।

विगतदेखिकै सरकारहरुले औद्योगिक क्षेत्रको विकासका लागि खासै ध्यान नदिने गरेको आरोप लाग्ने गरेको छ । राजनीतिक विषय र मुद्दाहरुलाई प्राथमिकता दिने गरेका विगतका सरकारहरुले पनि औद्योगिक विकासका लागि खासै ध्यान दिने गरेका थिएनन् । यसपटक पनि प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको नेतृत्व गर्नको लागि ६ महिना मात्रै मन्त्री बन्न पाउने व्यक्तिलाई जिम्मेवारी सुम्पेका छन् ।

यद्यपि, अहिले मन्त्री बनेका हमाल ६ महिनाभित्रमा राष्ट्रियसभाको सदस्य बनेमा लामो समय मन्त्री बन्न पाउने छन् । प्रतिनिधिसभाको कुनै पनि स्थान रिक्त नभएकोले प्रतिनिधिसभा सदस्य बन्नको लागि हमाललाई यो पटक सम्भव देखिदैन । तर, आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा हमाल आउन सक्ने सम्भावना भने बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.