जर्सिङपौवामा ८ कराेड लगानीमा एसियाको दोस्रो लामो जिपलाईन बन्ने

  २०७८ असोज २२ गते १५:४४     विकासन्युज

काठमाडाैं । काठमाडौंबाट नजिकको पर्यटकिय गन्तव्य जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्नेभएको छ ।

शंखरापुर नगरपालिकाकाले मणिचुड देखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो । जुन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ ।

यो जिपलाईले मणिचुड धार्मिक र जर्सिङपौवा रमणिय क्षेत्र भएकोले धार्मिक र अन्य पर्यटकलाई जोडन् सघाउ पुर्याउने शंखारपुर नगरपालिकाका प्रमुख शुवर्ण क्षेष्ठले बताएका छन् ।
मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मिक कुण्ड रहेको उनको भनाई छ । त्यस्तै धार्मिक र अन्य रमणिय क्षेत्रलाईलाई जोडन सडका मार्गको उस्तरोन्ती गरिने उनले बताएका छन् ।

यो जिपलाईने यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने र राजधानीबाट नजिकको र नेपालकै उत्कृष्ठ मौसम रहेको सञ्चालक नविन हुमागाईले बताएका छन् । यो जिपलाईने यस क्षेत्रका नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने उनको विश्वास छ ।

एसियाकै लामो जिपलाईन बनाउनु आफैमा चुनौतिपूर्ण भएको निमार्ण कम्पनीले जनाएको छ । उपकरणदेखि दक्ष्य जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतिपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ । ८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.