नेपाल इन्भेष्टमेण्ट बैंक ८८ औं शाखा बाराकाे सिम्रौनगढमा

  २०७८ असोज २२ गते १४:२६     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औं शाखा बाराकाे सिम्रौनगढ नगरपालिकामा खोलेर विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरेका थिए ।

सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएकाे छ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.