दशैं बिदामा सिभिल बैंकको कुन काउन्टर कति बजे खुल्छन् ? (सूचीसहित)

  २०७८ असोज २२ गते १२:५८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै दशैं काउन्टर खोल्ने भएको छ । बैंकले असोज २९ गते टिकाको दिन बाहेक दशैंको अन्य दिन विभिन्न काउन्टरहरु खोल्ने भएको हो ।

बैंकले ७ वटै प्रदेशमा विभिन्न शाखाहरु सञ्चालनमा ल्याएको छ । जसमध्ये बैंकले फुलपाती अर्थात असोज २६ गतेदेखि असोज ३० गतेसम्म केही शाखाका काउन्टहरु सीमित अवधिको लागि खोल्ने निर्णय गरेको हो ।

बैंकले ग्राहकलको सेवा सुविधालाई मध्यनजर गर्दै दशैं बिदामा पनि विभिन्न स्थानका काउन्टर खुला रहने जानकारी गराएको छ ।

खुला रहने काउन्टर मध्ये अधिकांश स्थानका काउन्टर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने छ । र, केही केही काउन्टर भने बिहान १० देखि दिउँसो १२ बजे तथा बिहान ९ बजेदेखि दिउँसो ११ बजेसम्म खुल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.