युवासँग महालक्ष्मी लाईफ कास्कीको समिती गठन

  २०७८ असोज २२ गते ११:४४     विकासन्युज

पोखरा । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी’ राष्ट्रिय बिमा जागरण अभियान कास्कीको समितिको गठन गरेको छ । इन्स्याेरेनसले बिहिबार पोखरामा भएकाे एक कार्यक्रममा २१ सदस्यिय समिती घोषणा गरेकाे हो ।

इन्स्योरेन्सका नायव महाप्रबन्धक प्रशान्त राज धमलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न योजनामा योग्यता पुग्ने अभिकर्ताहरुलाई सम्मन समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी धमलाले सर्वसाधारणमा बीमाबारे जनचेतना लागी बीमा जागरण राष्ट्रीय अभियान सन्चालन गरिएको र यसमा युवाहरुकोबीचमा प्रभावकारिताको साथ काम गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.