लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी दिने बैंक बन्यो हिमालयन, बोनस र नगद लाभांश कति ?

  २०७८ असोज २१ गते १०:५७     विकासन्युज

काठमाडौं । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश घोषणा गर्ने हिमालयन बैंक बनेको छ । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हाे । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सो लाभांश दिने बताएको हो ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नियामक निकाय राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.