डिशहोमको रिचार्जमा आकर्षक छुट पाइने

  २०७८ असोज २० गते १७:५९     विकासन्युज

काठमाडाैं । डिशहाेमका ग्राहकले रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत रिचार्ज गर्दा आकर्षक बोनस पाउने भएका छन् । यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयाँसम्म अतिरित्त बोनस रकम पाइने कम्पनीले जनाएकाे छ ।

यो योजना संगै ग्राहकहरुले अव मासिक ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् । यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले २ हजारकाे लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन् ।

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने डिशहाेमले जनाएकाे छ । ‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.