एनएमबिका ग्राहकलाई सिजी इलेक्ट्रोनिक्सका सामान किन्दा ४० प्रतिशत छुट

  २०७८ असोज २० गते १२:४३     विकासन्युज

काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यस महा छुट अफर अन्तर्गत घटस्थापना देखी सिजी डिजिटल तथा एल.जी. शपी शोरुमहरुबाट सपिङ्ग गर्दा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकले एलजी, सिजी, गोदरेज टिसीएल, सेनसाइ, केन्ट, एलिका एण्ड बल्याक डेकरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखी १५ सयसम्मको क्यासब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन ।

साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी बैंकले सम्झौता गरेको छ । बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले सि.जी. तथा एल.जी. शोरुमबाट सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् । यसको लागी ग्राहकले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.