हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले सम्हाले पदभार, लिए सपथ

  २०७८ असोज १९ गते १५:४५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात असोज १९ गते नै बैंक अध्यक्षको पद बहाली गरेका छन् ।

श्रेष्ठलाई गत असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।
श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंकको संचालक समितिका सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.