ग्रामीण विकास लघुवित्तको सञ्चालक समितिमा ६ जना, अध्यक्षमा चण्डी घिमिरे

  २०७८ असोज १८ गते १३:१७     विकासन्युज

काठमाडौं । ग्रामीण विकास लघुवित्तमा ६ जनाको सञ्चालक समिति चयन भएको छ । भदौ ५ गते सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सञ्चालक समितिमा अध्यक्ष सहित ६ जनालाई चयन गरेको हो ।

जसमध्ये चण्डी प्रसाद घिमिरेले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । नेपाल सरकार अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा आएका घिमिरे संस्थापक समूहको तर्फबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

त्यसैगरी, सुदिप फुयाल, लेखनाथ भुषाल र शिवहरी दंगाल पनि संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका छन् । जसमध्ये फुयालले नेपाल राष्ट्र बैंक, भुषालले नेपाल बैंक र दंगालले फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रा. ली.का तर्फबाट प्रतिनिधत्व गरिरहेका छन् ।

साथै, सर्वसाधारण समूहको तर्फबाट भरतराज कोइराला र मनोज कुमार खड्का संस्थाको सञ्चालकमा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.