एक महिनामै भित्रिए १० हजार विदेशी पर्यटक

  २०७८ असोज १८ गते १०:५२     विकासन्युज

काठमाडौं । कोरोना महामारीपछि पछिल्लो समय नेपालमा विदेशी पर्यटकहरु भित्रने थालेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा करिब १० हजार विदेशी पर्यटक नेपाल भित्रिएका हुन ।

बोर्डको तथ्यांक अनुसार गत सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने यो महिनामा मात्र ५८४ जना मात्र पर्यटक आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलपछि घटेको पर्यटक आगमन ५ महिनापछि केही सुधारिएको हो । अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक आएको बोर्डको तथयांकमा उल्लेख छ ।

भारतीय धेरै

सेप्टेम्बरमा नेपाल भित्रने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन् । तथ्यांक अनुसार भारतबाट एक महिनामा ३ हजार ५२३ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट १ हजार ८६४, बेलायतबाट ४३८ र चीनबाट २३३ जना पर्यटक नेपाल आएका छन् ।

एक महिनाको अवधिमा सार्क मुलुकबाट ३ हजार ७३४, सार्कबाहेक एसियाली मुलुकबाट ५८५, यूरोपबाट १ हजार ७३३, अष्ट्रेलिया–न्यूजिल्याण्डबाट ८१, अमेरिकी महादेशबाट २ हजार १२५ र अन्य क्षेत्रबाट १ हजार ६४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

सरकारले विदेशी पर्यटकलाई लक्षित गर्दै विमानस्थलबाटै अनअराइभल भिसा दिन थालेपछि विदेशी पर्यटक बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.