तीन गुणाले बढ्यो मर्चेन्ट बैंकहरुको लाभांश, एनआईसी, प्रभु, सिद्धार्थ र सनराइज क्यापिटलबीच प्रतिस्पर्धा

  २०७८ असोज १७ गते १४:०७     विकासन्युज

काठमाडौं । मर्चेन्ट बैंकहरुको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणाले बढेको छ । अघिल्लो आर्थिक वर्ष औसत १०.३३ प्रतिशत मात्रै लाभांश दिएका मर्चेन्ट बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट भने औसत २७.८१ प्रतिशत लाभांश दिने भएका हुन् ।

हालसम्म एक दर्जन मर्चेन्ट बैंकहरुले लाभांश घोषणा गरेका छन् । मर्चेन्ट बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने क्यापिटलका रुपमा एनएमबी क्यापिटल रहेको थियो ।

यो क्यापिटलले अघिल्लो आर्थिक वर्ष २१.०५ प्रतिशत लाभांश दिएको थियो भने गत आर्थिक वर्षको लाभांशबाट ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै, गत आर्थिक वर्षकाे नाफाबाट उच्च लाभांश घोषणा प्रस्ताव गर्नेमा एनआईसी क्यापिटल देखिएको छ । यसले कुल ४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, प्रभु क्यापिटलले कुल ४० प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

शनिबार भएको क्यापिटलको साधारण सभाले २२.३८ प्रतिशत बोनस र १७.६१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हालसम्म तीन क्यापिटलहरुले साधारणसभा आयोजना गरेर पनि मात्रै लाभांश घोषणा गरेका छन् ।

यस्तै, सनराइज क्यापिटलले पनि ४० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । ९ वटा क्यापिटलहरुले भने कतिले साधारणसभा आव्हान गरिसकेका छन् भने कतिले आव्हान गर्न बाँकी छ ।

यस्तै, सिटिजन्स क्यापिटलले पनि ४० प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । एनएमबी क्यापिटलले पनि ३० प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

सम्पन्न क्यापिटलले भने साधारणसभा गरेर पनि लाभांश बाड्ने प्रक्रिया अगाडि बढाएको हो । सो क्यापिटलले २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश दिने बताएको छ । अन्य सबै क्यापिटलले भने नगद लाभांश नै दिने उल्लेख गरेका छन् । एक दर्जन बढी क्यापिटलले भने लाभांश घोषणा गर्न बाँकी नै छ ।

गत वर्षभन्दा बढेको छ । यो वर्ष कारोबार पनि बढ्यो । बजार बढेर नै लाभांश क्षमता पनि बढेको । बजार बढेपछि गतिविधिहरु बढेकोले

नगद लाभांशमै केन्द्रित

मर्चेन्ट बैंकहरु बोनस लाभांशभन्दा पनि नगद लाभांशमै केन्द्रित भएका छन् । हालसम्म लाभांश प्रस्ताव तथा घोषणा गर्ने क्यापिटललाई हेर्ने हो भने बोनस सेयरभन्दा पनि नगद सेयरमै केन्द्रित भएको देखिन्छ ।

एक दर्जन क्यापिटलहरुले लाभांश् प्रस्ताव तथा घोषणा गरेकामा दुईटा मर्चेन्ट बैंकहरुले मात्रै बोनस सेयर घोषणा गरेका छन् भने बाँकीले नगद लाभांश नै दिने घोषणा गरेका छन् । हालसम्म प्रभु क्यापिटलले २२.३८ प्रतिशत बोनस लाभांश घोषणा गरेको छ भने सम्पन्न क्यापिटलले २५ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेको छ ।

मेर्चेन्ट बैंकर्स एसोशिएसन अफ नेपालका अध्यक्ष तथा एनआईबीएल एस क्यापिलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेख बहादुर थापाले पनि मर्चेन्ट बैंकहरु बोनस लाभांश भन्दा पनि नगद लाभांशमै केन्द्रित भएको बताए ।

‘मर्चेन्ट बैंकहरुले जहिले नगद लाभांश नै दिन्छन्, बोनस दिने कि नगद लाभांश दिने भन्ने आ–आफ्नो रणनीति हो, तर, अहिलेको अवस्थामा बोनस आवश्यक छैन, त्यसैले पनि सबैले नगद नै दिएका हुन सक्छन्, धितोपत्र बोर्डले पुँजी बढाउ भनेको बेला मात्रै बोनस दिएको छ नभए नगद लाभांश मात्रै दिएका छन्, अहिले मर्चेन्ट बैंकहरुलाई पुँजी आवश्यक छैन, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.