१० करोड लगानीमा खुल्याे इको प्यानल उद्योग, वातवरणमैत्री भएकाे ठहर

  २०७८ असोज १७ गते १३:२५     विकासन्युज

भक्तपुर । भक्तपुरमा १० करोड लगानीमा ठूलो इको प्यानल उद्योग संचालनमा आएको छ ।

भक्तपुर जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ४ झौखेलस्थित १० रोपनी क्षेत्रफलको जमिनमा उक्त उद्योगले उत्पादन थालेकाे हो । कम्पनीले लकडाउनकाबीच काम सुरु गरी अहिले उत्पादनसमेत थालिसेको हो ।

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुको उत्पादन वातावरणमैत्री भएको बताए । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा कोईला लगायतका ईन्धन प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गरिएकाे छ ।

इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यो इटाको विकल्पमा प्रयोग हुने पछिल्लो समय वढी प्रयोगमा आएको निर्माण सामाग्री हो । यी प्यानलहरु इटाजस्तो सानासानो नभई स्ल्याब जस्तो ठूलाठुला हुन्छन् । यसले गर्दा तीव्र निर्माण पनि सम्भव हुन्छ ।

उद्योगले विभिन्न आकारप्रकारमा रहेका इको प्यानलहरुको उत्पादन सुरु गरेका छन् । इपीएस (चलन चल्तीको भाषामा थर्मोकोल), बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन हुने गर्दछ ।

कम्पनीकाे वार्षिक क्षमता पाँंच लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने योजना रहेको इन्जिनियर दुवालले बताए ।

निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनी प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता वढ्दो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.