६३ लाख ४८ हजार २७९ जनाले लगाए दुवै डाेज खाेप, अझै ७० प्रतिशतले लगाउन बाँकी

  २०७८ असोज १६ गते १७:४०     विकासन्युज

काठमाडाैं । नेपालमा लक्षित जनसङ्ख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र ८३ हजार ३७३ जनाले खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.