४० करोड खर्चेर घण्टाघरको पुनर्निर्माण गरिँदै, भत्काउनु अघि यस्तो देखियो

  २०७८ असोज १६ गते १४:५६     नकूल भारती

काठमाडौं । सरकारले घण्टाघरको पुनर्निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारले हालको घण्टाघरलाई भत्काएर पुनर्निर्माण गर्ने भएको हो ।

घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेपनि बजेट छुट्याउन नसक्दा त्यतिकै रहेको थियो । तर, यो योजनाको लागि अहिले बजेट परेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार घण्टाघरको पुनर्निर्माणलाई बहुवर्षीय आयोजनामा राखेर बढीमा डेढ वर्षभित्र पुनर्निर्माण गर्ने योजना रहेको छ । उनले घण्टाघर पुनर्निर्माणमा करिब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

२०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको घण्टाघर पुनर्निर्माणका लागि पुरातत्व विभागको सहमतिमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत छ ।

पुनः निर्मित घण्टाघरको स्वरुप पनि अहिलेको जस्तै हुनेछ भने उचाइ पनि अहिलेकै कायम राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.