मेटलाइफले बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस दिने, कुनमा कति ?

  २०७८ असोज १५ गते ११:४३     विकासन्युज

काठमाडौं । अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।

उक्त बोनसदर १७ जुलाई २०१९ देखि १५ जुलाई २०२० सम्मको बीमाङ्कीय मूल्यांकन अनुसार निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

यससँगै नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमामा प्रतिहजार ६० देखि ८० रुपैयाँसम्म बोनसदर दिने भएको छ । यो योजनाको लागि १ देखि १५ वर्षसम्म अवधिको प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सो भन्दा माथिको बीमालेखमा प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ ।

त्यस्तै, शिक्षा संरक्षण बीमाका लागि १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वा सोभन्दा माथिको बीमालेखका लागि ८० रुपैयाँ नै तोकिएको कम्पनीले जानकारी गराएको छ ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक नामको बीमालेखमा पनि बीमितले न्यूनतम ४५ देखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । उक्त बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ र २१ वा सो भन्दा माथिको लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

साथै, यी बोनसदर मृत्यु दावी, समर्पण मूल्य दावी, चुक्ता मूल्य दावी, अवधि भुक्तानी दावी र चालू बीमालेखहरुमा लागू हुनेछ । यो बोनसदर बीमा समितिबाट अर्को व्यवस्था स्वीकृति नभएसम्म लागू हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.