आरम्भ चौतारी लघुवित्तको सीईओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

  २०७८ असोज १४ गते १६:२६     विकासन्युज

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिले शर्मालाई सीईओ पदमा नियुक्त गराउने निर्णय गरेको हो ।

सोही बैठकले नवनियुक्त सीईओ शर्मालाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

यसअघि संस्थाको सीईओ पदमा लक्ष्मण घिमिरे रहेका थिए । संस्थाको सञ्चालक समितिले घिमिरेले दिएको राजिनामालाई स्वीकृत गर्दै नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.